देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नियमावली मस्यौदा समितिको म्याद १५ दिन थप

देशान्तर

काठमाडौं । संसदको नियमावली बनाउन गठित समितिले पाएको थप १५ दिनमा एक दिन पनि विवादित विषयमा छलफल चलाएन । म्याद सकिएकै दिन मंगलबार पुनः एक महिना म्याद थपको प्रस्ताव राखेपछि समितिका सदस्यहरूबीच असन्तोष छाएको छ ।

चार महिनादेखि संसद अन्तरिम नियमावलीअनुसार चल्दै आएको छ । नयाँ संविधानअनुसार नियमावली बन्न नसकेपछि संसदअन्तर्गतका समिति र अन्य कामकारबाहीसमेत प्रभावित छन् । मंसिर ४ मा समितिलाई एक महिनाको समय दिइएको थियो । तेस्रोपल्ट थपिएको १५ दिनको म्याद मंगलबार सकिएको छ ।

विवादित विषयमा एक पटक बैठक नबस्ने, म्याद थप्नका लागि नियोजित रूपमा बैठक डाकिएकोमा सदस्यहरूबीच आपत्ति जनाएका थिए । मंगलबारको बैठकमा थप एक महिना थप्नुपर्ने प्रस्ताव राखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ।

]]>