
काठमाडौं । च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट नेपाली खेलाडी भएपछि उनलाई कार पुरस्कार प्रदान गरिएको हो ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो । यो सिजन रोहितले २७४ रन बनाएको छन् भने १० विकेट लिएका छन् । फाइनलमा उनले ह्याट्रिक विकेट लिए ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालीमध्ये शीर्ष र समग्रमा दोस्रो स्थानमा रहेका उनी विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौं स्थानमा रहे ।
प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका रोहिलते पल्सर मोटरसाइकलसमेत पाए ।
लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको उदीयमान खेलाडी चुनिए । शेर मल्लले पनि पल्सर मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट बलर बनेका विराटनगरका कप्तान सन्दीप लामिछानले पल्सर मोटरसाइकल नै प्राप्त गरे ।
‘इनरजेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ भने सुदूरपश्चिमका बलर अभिनाश बोहरा चुनिए । अभिनाशले दुई लाख रुपैयाँ प्राप्त गरे ।










Facebook Comments