चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् । सभापतिको शपथग्रहणपछि सम्बोधन गर्दै थापाले पार्टीको नेतृत्वमा रहँदा जादु वा चमत्कार गर्ने दाबी नगर्ने, बरु इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । ‘म जादु...
लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष शेरचन सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन
नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्की क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको जारी क्षेत्रीय अधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर ३ मा अग्रज नेताहरू, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूको सर्वसम्मत सहमतिमा उहाँ महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् । सर्वसम्मत चयन भएपश्चात् अध्यक्ष शेरचनले आफूलाई विश्वास...
‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदै
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गर्ने गर्दछन् । धार्मिक मान्यताअनुसार श्रीकृष्णको जन्म भाद्र कृ...


देशान्तर































































