काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव ‘अचेत’ भएका छन् । 

भारतीय दूतावासस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार काठमाडौंको चम्पादेवी हाइकिङ गएका बेला उनी एक्कासि अचेत भएका हुन् ।

ad

उनलाई अहिले हेलिकोप्टरमार्फत् काठमाडौंको एक अस्पतालमा लगिँदै गरेको उनले बताए । उनी के कारणले अचेत भए भन्नेबारेमा केही खुलेको छैन ।