काठमाडौँ । बंगलादेश निर्वाचन आयोगले देशमा आम निर्वाचन आगामी फेब्रुअरी १२ मा हुने घोषणा गरेको छ । मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले राष्ट्रका नाममा सम्बोधन गर्दै चुनाव कार्यक्रमको घोषणा गरेका हुन् ।

यस पटक जनमत सङ्ग्रह पनि सोही दिन हुने भएकाले मतदानको समय एक घण्टा बढाइएको छ। यो चुनाव पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि पहिलो पटक हुन लागेको हो ।

ad

मुख्य निर्वाचन आयोगका अनुसार चुनावका लागि नामाङ्कन दर्ता गर्ने अन्तिम मिति डिसेम्बर २९ तोकिएको छ भने नामाङ्कन पत्रहरूको जाँच डिसेम्बर ३० देखि जनवरी ४ सम्म जारी रहनेछ ।