काठमाडौँ । नेकपा एमालेका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको ११औँ महाधिवेशनमा अतिथिको रूपमा उपस्थित हुन निम्ता दिएका छन्।

एमाले सचिव रघुरवीर महासेठ र विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला मंगलबार देउवाको महाराजगञ्जस्थित निवासमै पुगेर औपचारिक निम्ता पेश गरेका हुन्।

ad

एमालेले मंसिर २७ गतेदेखि काठमाडौंमा ११औँ महाधिवेशन आयोजना गर्दै छ। उद्घाटन सत्र भक्तपुरमा हुने र समापन सत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तयारी छ।

पार्टीको परम्परा अनुसार एमालेले महाधिवेशनमा अन्य दलका नेताहरूलाई अतिथिको रूपमा बोलाउने गर्दछ। यसैगरी, नेपाली कांग्रेस पनि आफ्नै महाधिवेशनमा विभिन्न दलका नेताहरूलाई अतिथिका रूपमा निम्ता दिने प्रचलन छ।