
काठमाडौँ । नेपाली सेनामा रिक्त रहेका प्राविधिक÷हवाई÷ विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा गरी ३ सय ८८ जनाको लागि रोजगारी खुलेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ ।
प्रा.सुको ४ हजार, प्रा.जम. र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्रा.अम, र अमल्दार कर्मचारीको २ हजार दश्तुर शुल्क रहेको छ । मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको (जन्म मिति २०५७/०९/२६ गते देखि मिति २०६४/०९/२६ गतेसम्म) हुनुपर्ने पर्ने सेनाले जनाएको छ ।









Facebook Comments