काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर २५ गते सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सामान्य र विशेष तर्फका सबै प्रस्तावहरु पारित गर्दै दशौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बैठकले आव २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

ad

यस्तै साधारणसभाको निर्णयबमोजिम बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी पूँजी र चुक्तापूँजीमा वृद्धि भई जारी तथा चुक्तापूँजी ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

यसका साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ।


त्यसैगरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, कम्पनीका आधारभूत शेयरधनी तथा सञ्चालक वा कम्पनीसँग सम्बद्ध रहेको संस्थासँग गरेको कारोबार अनुमोदन गर्ने, १ जना सञ्चालकको नियुक्ति गर्ने र प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।