
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका सहिदका अपूरा सपना पूरा गर्नु सरकारको पहिलो दायित्व रहेको बताएका छन्।
बानेश्वरमा मंगलबार साँझ आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार अन्त्य, प्रभावकारी सुशासन र सहिदका परिवारको सम्मानजनक पुनर्स्थापना सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताए।
हालै भएको आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्झनामा आयोजित कार्यक्रममा मन्त्री अर्यालले, 'यो सरकार जेन–जी आन्दोलनको जगबाट बनेको हो, त्यसैले सहिदका सपना साकार पार्नु हाम्रो चुनावपछिको प्रमुख काम हो,' भन्दै प्रतिबद्धता जनाए।
उनका अनुसार सरकारले सहिद तथा घाइते परिवारलाई आवश्यक सबै प्रकारका सहयोग, सुविधा र राज्यका तर्फबाट सक्दो संरक्षण प्रदान गर्ने तयारी अघि बढाइसकेको छ।
कार्यक्रमका क्रममा मन्त्री अर्याल सहिद परिवारका सदस्यहरूसँग बसेर व्यक्तिगत रूपमा उनहरूको दुख, गुनासा र अपेक्षा सुन्न पनि सहभागी भए।









Facebook Comments