
काठमाडौं । कप्तान रोहित पौडेलको शानदार ह्याट्रिक विकेटपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई सस्तैमा रोक्दै खेल पूर्ण नियन्त्रणमा राखेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको फाइनल खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो। यो एनपीएलमा सुदूरपश्चिमको पहिलोपटक १०० रन कटाउन असफल हुने घटना हो।
रोहितले लगातार बलमा दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनीत मेहरालाई आउट गर्दै ह्याट्रिक पूरा गरे। सुदूरपश्चिमका कप्तान दीपेन्द्र ऐरीले २० बल खेलेर १३ रन बनाए भने दीपक र पुनीत पहिलो बलमै आउट भए।
पहिलो ओभरको अन्तिम बलमा विनोद भण्डारी शून्यमा आउट भएदेखि नै सुदूरपश्चिमको विकेट झर्ने क्रम रोकिएन। यसअघि लुम्बिनीका तीव्र बलर रुबेन ट्रम्पलमनले आफ्नो ओभरमा भारतीय खेलाडी शेल्डोन ज्याकसनलाई १ रनमा एलबीडब्लु आउट गरेका थिए।
त्यसपछि आरिफ शेख ६ रनमा आउट भए। ह्याट्रिकपछि हरमित सिंहले १ छक्का प्रहार गरी १० रनमा आउट भए। १७ औँ ओभरमा आउट भएका उनी ५१ बलमा ३३ रनमा रन आउट भए।
लुम्बिनीका बलरमध्ये शेर मल्लले ३ विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या १७ पुर्याए र उनी सर्वाधिक विकेट लिने सूचीमा विराटनगर किंग्सका सन्दीप लामिछानेसँग शीर्ष स्थानमा छन्। स्कट कुग्लेन १० रनमा आउट भए। अविनाश बोहराले १ रन मात्र जोड्न सके भने हेमन्त धामी ९ बल खेली ७ रनमा अविजित रहे।
त्यसअघि, रोहितले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए भने शेरले १८ रनमा ३ विकेट लिए। रुबेन ट्रम्पलमनले २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए। तिलकराज भण्डारीले १ विकेट लिए।
यो एनपीएलमा रोहितको ह्याट्रिक सिर्फ दोस्रो अवसर हो। यसअघि काठमान्डू गोर्खाजका शाहब आलमले पोखरा एभेन्जर्सविरुद्ध लगातार ३ बलमा विकेट लिएका थिए।










Facebook Comments