देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेत्री ऐश्वर्या र आराध्याले जितिन् कोरोना, अस्पतालबाट डिस्चार्ज

देशान्तर

काठमाडौँ । कोरोना संक्रमित भएर अस्पताल भर्ना भएकी बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नी छोरी आराध्यासहित अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनका पति एवं अभिनेता अभिषेक बच्चनले ऐश्वर्या र आराध्याको रिपोर्ट निगेटिभ आएपछि अस्पतालबाट आज डिस्चार्ज भएको जानकारी दिएका छन् । अभिषेकले आफु र आफ्ना पिता अमिताभ बच्चन भने अझै डाक्टरहरुको निगरानीमा अस्पतालमै रहने जानकारी दिएका छन् ।

गत असार २८ गते आइतबार कोरोना संक्रमित भएकी ऐश्वर्या र उनकी छोरी आराध्या अहिलेसम्म घरमै आइसोलेसनमै बसिरहेका भएपनि श्रावण २ गते शुक्रबार राति मुम्बईस्थित ननावती अस्पताल भर्ना भएका थिए । बच्चन परिवारका अमिताभ बच्चन, अभिषेक बच्चनसहित चार जनामा कोरोना संक्रमण भएको छ ।

अमिताभ र अभिषेक यसअघि नै ननावती अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । परिवारमा जया बच्चनलाई भने रिपोर्ट निगेटिभ देखिएको थियो ।