काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएको छ ।
पदाधिकारी बैठक शुक्रबार बस्ने भए पछि केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ । केन्द्रीय कमिटीको बैठक उपचुनावपछि मात्रै बस्ने भएकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।
माओवादीको दशैंतिहारलगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने तयारी थियो । माओवादीको अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टी निर्माणको अभियान चलाउन तयारी गरेको छ ।
प्रतिक्रिया