देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अजयवावु पक्राउ गर्नु निन्दनीय

देशान्तर

काठमाडौँ । नेपाल प्रेस युनियनका पुर्ब महासचिव समेत रहेका नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटीलाई प्रहरीले केहिबेर पक्राउ गरेर छोडेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ गरेलगत्तै प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल लगेको थियो । उनिमाथी धरपकड गरिएको सिवाकोटीले बताएका छन ।
शिवाकोटीसहित अधिकारकर्मीहरू रुबी खान सहितका अधिकारकर्मीहरू पनि पक्राउ परेका थिए ।
काठमाडौँ प्रहरीले शिवाकोटी हुलमुलमा परेर समातिएको र पहिचान भएपछि छोडिएको जनाएको छ । यसैबीच नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विना कारण कांग्रेस नेता नेपाल प्रेस युनियनका पुर्व महासचिव अजयबाबु सिवाकोटीलाई पक्रनु निन्दनिय कार्य हो । सरकार । भनेर प्रतिक्रिया दिएका छन ।