काठमाडौँ । नेपाल सांस्कृतिक कलाकर्मी सङ्घले श्रमजीवी कलाकार कल्याणकारी कोष स्थापनार्थ सम्मान तथा शुभकामना सांस्कृतिक साँझ २०८१ गर्ने भएको छ ।
आगामी असोज ३ गते नाचघर जमलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रमा विशिष्ट योगदान पुराएका समाजसेवी र कलाकारलाई सम्मान गरिने आयोजक अध्यक्ष उदिराम खडकाले जानकारी दिएका छन् ।
दिउँसो एक बजे बाट सुरु हुने कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू सँगै कलाकर्मीको उपस्थितिमा हुने कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको साङ्गीतिक प्रस्तुति सँगै सत्यवती कला केन्द्रको नृत्य प्रस्तुति पनि रहने छ ।
प्रतिक्रिया