काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ खाता खोल्दा नियमित सुविधाहरूसहित पाँचवटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ल्याए उक्त योजनाअन्तर्गत नयाँ खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरूसँगसँगै डिम्याट खाता, मेरो शेयर, सी–आस्बा तथा टीएमएस खाता खोल्न आवेदन दिन पाइनेछ ।
ग्लोबल आईएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनका लागि मेरो शेयर, आईपीओ भर्न चाहिने सी–आस्बा रजिस्ट्रेसन नम्बर र जेबीएनएल सेक्युरिटिजमा शेयरबजारमा शेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टीएमएस खाता सुविधा ग्राहकले पाउनेछन् ।
यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकताअनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ ।
यी सेवाहरू बैकका ३५४ वटा शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ ।
ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
प्रतिक्रिया