देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन सिफारिस

देशान्तर

काठमाडौँ । चितवनको सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतक सरह राहत दिन सिफारिस गरेको हो ।
सिमलतालमाथिको पहाडी क्षेत्रमा हालसालै निर्माण भएको (सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ) सडक बनाउँदा भएको कमजोरीको कारण दुईवटा डिलक्स बस त्रिशूलीमा खसेको छानबिन निष्कर्ष छ ।
कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको र इन्जिनियरिङ डिजाइन बिनाको सडक बनाउँदा बर्सातमा त्यसको असर देखिएको कार्यदलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
जोखिमपूर्ण सडक भएपनि ठुलो वर्षा भइरहेको बेला ‘सेफ्टी फस्ट’ भन्ने मूल कुरामा ध्यान नदिँदा दुर्घटना भएको अध्ययन कार्यदलको निष्कर्ष छ ।

असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । दुवै बस र ४० जना यात्रुको अवस्था अझै अज्ञात छ । बसमा सवार २५ जनाको शव भेटिएको छ ।