काठमाडौं । गृहसचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा शुक्रबार सचिव भट्टराई र आईजीपी कुवँरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
गृहसचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्वित रहेको बताए ।सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयबाट आवस्यक प्रहरीलाई सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्चस्तरको समन्वय रहेको आश्वासन दिए ।
प्रतिक्रिया