मोरङ । सफल उद्योगी व्यवसायी तथा द रिभर ग्रुप कम्पनीका अध्यक्ष रघुनाथ पुरीले गृह जिल्लामा विद्यालयको दुईकोठे पक्की भवन निर्माण गरेका छन् ।
मोरङको बेलवारी नगरपालिका वडा नम्बर १० बलुवाहीमा रहेको धीरनाथ सम्फुल विश्वास माध्यमिक विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका पुरीले विद्यालयको दुई कोठे पक्की भवन निर्माण गरेर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा पुरीले आफूले अध्ययन गरेको विद्यालयको भवन निर्माणमा योगदान गर्न पाउँदा आफू उत्साहित रहेको बताए ।
आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तरवृद्धिका लागि आफ्नो सदैव पहल हुने पनि बताए ।
विद्यालयका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गरेका पुरीलाई विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले विशेष धन्यवाद पनि दिएका छन् ।
प्रतिक्रिया