देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

देशान्तर

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरिएको छ ।  

नागरिक समाजले शरणार्थी प्रकरणका कुनै दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शन गरेका हुन् । भ्रष्ट, नालायकहरू विरुद्ध सबै एकजुट हुने  दिन आयो, पार्टी, संस्था, वादलाई आफैसित राखेर राष्ट्रका लागि उत्रने बेला आयो भन्दै उनीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरूले कुनै पनि दबाबमा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई मुक्त गर्न नहुने जनाएका छन् ।

प्रदर्शन सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेर ऐक्यबद्धता जनाए । उनले भ्रष्टाचार अव नेपाली जनताले नसहने भन्दै यसअघिको सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्ने बताए ।

त्यस्तै प्रदर्शनमा सहभागीहरूले टोपबहादुर हो कि टापबहादुर,  सचिव/मन्त्री सोचेको तस्कर र विचौलिया परेछ, देशमा अर्थतन्त्र मन्द छ, नेताहरूको भ्रष्टाचार धन्दा छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।