काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
आज बसेको लुम्बिनी प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका हुन् । चौधरीले आठ दल र एक स्वतन्त्र सांसदबाट विश्वासको मत पाएका हुन् ।
उनको पक्षमा ५३ मत थियो भने विपक्षमा २९ मत थियो । राप्रपाका चार सासंदले भने कसैलाई पनि मत दिएनन् । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया