काठमाडौं । आज सेयर बजार घटेको छ ।
यसअघि बुधबार १३.६८ अङ्कले घटेको सेयर बजार आज २.२७ अंकले घटेको हो । नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ को विन्दुमा झरेको छ ।
आज १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ ।
यसैगरी, २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर कारोबार हुँदा ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा कम हो । सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको सेयर किनबेच भएको हो ।
यसैगरि आज सिटिजन्स म्युचुअल फण्ड दुई र तेरथुम पावर कम्पनीको ५ प्रतिशतले मूल्य बढेको छ ।
प्रतिक्रिया