देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सोध्यो तनहुँ १ का उम्मेदवार भट्टराईलाई स्पष्टीकरण

देशान्तर

काठमाडौं । आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द् भट्टराईसँग स्पष्टीकरण सोधेको छ ।

मौनअवधि सुरु भइसकेपछि अर्थात वैशाख ७ गते राति १२ पछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको समितिले जनाएको छ ।

समितिले स्पष्टीकरण मागेका भट्टराई नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फद उपस्थित भई २४ घन्टाभित्र स्पष्टीकरण दिन समितिले भनेको छ ।