काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न, मेपटेक विल्डिंग सर्भिसेस , परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
उहाँका अनुसार मुद्दा दायर गरिएकामा सिडिइी नविनकुमार पोखरेल मेकानिकल, सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, पूर्व लेखा अधिकृक रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा।लिका प्रबन्ध निर्देशक रोहित मान प्रधान, मेपटेक विल्डिंग सर्भिसेस प्रा।लिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्र लाल गुरौ रहेका छन् ।
अख्तियारले उनीहरुमाथि २ अर्ब ६९ करोड रुपैयाँ बिगो माग्दै मुद्दा हालेको छ । कार्यकारी निर्देशक पौडेल एक्लैसँग अख्तियारले ६९ करोड रुपैयाँ बिगो माग गरेको छ ।
प्रतिक्रिया