देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंकको ब्याजदर एकल अंकमा झार्ने निर्णय आजबाट कार्यान्वयनमा

देशान्तर

बैंक तथा वित्तीय संस्थाले आजबाट नयाँ ब्याज दर लागु गरेका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको निर्णय अनुसार आजवाट एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय कार्यान्यवनमा गएको हो । निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् । आज वाट साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् ।