काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौं चरणका खेलमा ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लब भिड्दै छन् ।
जसमा एक खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
चर्च ब्वाइज र फ्रेन्ड्सबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।
चर्च ब्वाइज आज चौंथो जितको योजनामा हुनेछ । चर्च ब्वाइज ७ खेलमा १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ४ अंक जोडेर पुछारमा रहेको छ ।
प्रतिक्रिया