देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक किलो सुनसहित तीन पक्राउ

देशान्तर

झापा । प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले शनिवार बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन ।

सुन कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए। यसअघि शुक्रबार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक सय किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको थियो ।