देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दशैंमा

नयाँ नोटको सट्टा सुकिला नोट दिने

देशान्तर

काठमाडौँ: हरेक वर्ष दशैंको अवसरमा नयाँ नोट प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र उपलब्ध गराउने निर्णय गरेको छ।

राष्ट्र बैंकले खर्चको व्यवस्थापनको लागि नयाँ नोट छपाइको व्यवस्था बन्द गरेको जनाएको छ। यसले गर्दा यस पटक दशैंतिहारको लागि नयाँ नोटको सट्टा पुराना सुकिला नोटहरू मात्र सटही गरिनेछ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले नयाँ नोटको सट्टा सुकिला नोट सटही गर्ने निर्णयको कारणको बारेमा जानकारी दिए। उनले भने, “डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइको खर्च कम गर्नको लागि यो निर्णय गरिएको हो।”

यस पटक, ५, १०, २०, ५०, र १०० का साना दरका नोटहरू सटहीको लागि उपलब्ध गराइनेछ। प्रतिव्यक्ति १८ हजार पाँच सयको हाराहारीमा नोट सटही गरिनेछ।

राष्ट्र बैंकका अनुसार, पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि वार्षिक एक अर्ब ३० करोड रुपियाँ खर्च हुँदै आएको छ। यस वर्षको निर्णयले यस खर्चलाई नियन्त्रणमा ल्याउने अपेक्षा गरिएको छ।