देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना

देशान्तर

काठमाडौँ । फेसबुकको मुख्य कम्पनि मेटालाई पासवर्ड सेक्युरिटीमा चुक भएको भन्दै १०६ मिलियन डलर जरिवाना गरिएको छ ।

युरोपेली युनियनको गोपनीयता नियामकले पासवर्ड सुरक्षा त्रुटिको कारण सामाजिक सञ्जाल कम्पनी मेटालाई १०६ मिलियन डलर जरीवाना गरेको हो ।

आयरल्यान्डको डाटा प्रोटेक्शन कमिसनले मेटाले केही पासवर्डहरू अनजानमा एन्क्रिप्टेड फारममा भण्डारण गरिएको जानकारी दिएपछि सन् २०१९ मा यो विषयमा अनुसन्धान सुरु भएको थियो । अनइन्क्रिप्टेड डाटा ह्याकरहरूले सजिलै पत्ता लगाउन सक्छन् । आयुक्त ग्राहम डोयलले मेटाको तर्फबाट गम्भीर लापरवाही भएको बताउदै प्रयोगकर्ताको पासवर्ड सुरक्षित हुने विश्वास गरिन्छ तर फेसबुक प्रयोगकर्ताको पासवर्डमा गल्ती हुनु गम्भीर विषय भएको बताउदै जरिवाना लगाउने निर्णय दिएका हुन् ।

यसअघि पनि मेटालाई युरोपमा ठूलो जरिवाना लगाइएको छ ।