काठमाडौं । भारतमा यस वर्ष हुने आइसीसी पुरुष क्रिकेट विश्वकपको अभ्यास खेल तालिका सार्वजनिक भएको छ । अभ्यास खेलहरु २९ सेप्टेम्बरबाट ३ अक्टोबरसम्म संचालन हुनेछ ।
अभ्यास खेल विश्वकपमा सहभागी हुने १० टिमले विश्वकपको अगाडी आधिकारी अभ्यास खेल खेल्नेछन् ।
विश्वकपमा सहभागी हुने प्रत्येक देशले ५० ओभरका समान २/२ अभ्यास खेल खेल्नेछन् । अभ्यास खेलहरु भारतका विभिन्न तीन शहरमा हुनेछन् ।
गुवाहटी, हैदरावाद र तिरुवनन्तपुरममा विश्वकपका अभ्यास खेलहरु हुनेछन् । विश्वकप अघि सहभागी टोलीहरुलाई तयारीको यो अन्तिम अवसर हो ।
अभ्यासको पहिलो दिन बंगलादेशले गुवाहटीमा श्रीलंकाको सामना गर्नेछ । सोहि दिननै दक्षिण अफ्रिकाले तिरुवनन्तपुरममा अफगानिस्तानको सामना गर्नेछ । न्युजिल्यान्डले हैदरावादमा पाकिस्तानको सामना गर्नेछ ।
आयोजक भारतले अर्को दिन गुवाहाटीमा साविक विजेता इंग्ल्याण्डसँग खेल्नेछ । पाँच पटकको विजेता अस्ट्रेलियाले सोही दिन तिरुवनन्तपुरममा नेदरल्याण्ड्ससँग खेल्नेछ ।
प्रतिक्रिया