काठमाडौं । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।
२०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो ।गौरमा भएको घटनामा २८ जनाको मृत्यु भएको थियो।
मंगलबार गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तभ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ । सहमति पत्रमा नेपाल सरकारका तर्फ बाट गृह प्रवक्ता नारायण प्रसाद भट्टराई र गौर घटना पीडित सङ्घर्ष समितिका तर्फबाट रुपसागर देवी उपाध्यायले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया