देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘मविरुद्ध षड्यन्त्र भयो’-डा. आरजु राणा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झूटो भएको दाबी गरेकी छन् । उक्त अडियोको अनुसन्धान गर्न आरजुले प्रहरीको साइबर ब्युरोमा माग गरेकी थिइन् । प्रहरीले त्यो अडियोको आवाज सन्देश शर्माकै भएको पुष्टि गरिसकेको छ । सन्देशले त्यस अडियोमा डा. राणा र मञ्जु खाणलाई रकम बुझाएको बताएका थिए । सन्देश शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । राणाले सो अडियो नै बदनीयतपूर्ण रहेको भन्दै यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र भइरहेको बताएकी हुन् । सोमबार संसद्‍ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले अडियोबारे आपत्ति जनाउँदै आफूविरुद्ध षड्यन्त्र गरिएको बताइन । । साथै अभियुक्तले बयानको क्रममा गलत भनेको अडियो प्रहरीले सार्वजनिक किन गरेको भन्दै उनले प्रतिप्रश्न गरेकी छन् । गलत भन्ने थाहा पाउँदा पाउँदै प्रहरीबाट कसरी बाहिर आयो ? यसमा तथ्य नै छैन भन्ने थाहा हुँदाहुँदै बाहिर कसरी ल्याइयो ? यो मेरोविरुद्ध षड्यन्त्र भएको हो, राणाले भनिन् ।