काठमाडौं । धरानमा कर्फ्यु लगाइएको छ । स्थानीय प्रशासनले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा संगै धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।
धरान प्रवेश गर्ने तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ ।
१२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा २४ घण्टे निषेधाज्ञा जारी भएको हो ।
प्रतिक्रिया