काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतले फेसबुकमार्फत भ्रामक प्रचार गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका हुन् ।
अध्यक्ष बस्नेतले ‘आफूलाई सूचना आएको’ भन्दै २०८० साल साउन ४ गतेको फेसबुक स्टाटसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि ‘सुन पास गराएको’ आरोप लगाएकोले उजुरी दिएको गिरीले बताएका छन् । त्यस्तै, उनले जनबोली डटकम विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएको बताएका छन् ।
प्रतिक्रिया