काठमाडौं । व्यवसायी दीपक मल्होत्राले त्रिभुवन विमानस्थलमा बुधबार बरामद गरिएको करिब १०० किलोग्राम सुनमा आफ्नो संलग्नता नरहेकोे बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू संलग्न नभएको कार्यमा आफ्नो नाम जोडिएको भन्दै माफी माग्न र खण्डन प्रकाशन गर्न माग गरेका छन् । गैरकानुनी कार्यमा संलग्न भएको बिना आधार र प्रमाण आक्षेप लगाई समाचार दिइनु व्यवसायिक मर्यादाको घोर उल्लंघन भएको टिप्पणी उनले गरेका छन् ।
उनले यस विषयमा माफी नमागे कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । उनले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको आशंका व्यक्त गरे । तर, सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको मल्होत्राले बताए ।
प्रतिक्रिया