काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न पााच जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ । गौचनलाई गोली हान्ने सुटर राजीव स्याङतान, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतोलाई पक्राउ पछि प्रहरीले सार्वजनिक गरेको हो ।
मंगलवार पत्रकार सम्मेलन गरी प्रहरीले गौतम हत्यामा संलग्नहरुलाई सार्वजनिक गर्दै मनोज पुन र मुख्य आरोपित समिरमान लगायत आठ जना अझै फरार रहेको जानकारी दिएको छ ।
लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गत असोज २३ गते दिउासो बानेश्वरमा रहेको आफ्नो घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानेका थिए ।
गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले डिआइजी गणेश केसीको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान गरिरहेको थियो । ठेक्कापट्टाको विषयलाई लिएर हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया