
काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय समितिको अध्यक्षको जिम्मेवारी टंक पराजुलीलाई दिएको छ ।
पराजुली प्रदर्शनमार्गस्थित वाल्मीकी क्याम्पसमा अध्ययनरत छन् । संघका केन्द्रीय अध्यक्ष दुजाङ शर्पाले पराजुलीलाई संस्कृत विश्वविद्यालय राष्ट्रिय समिति अध्यक्षको जिम्मेवारी तोकेका हुन् ।
संघको विधान, नीति तथा निर्देशनअनुसार जिम्मेवारी बहन गर्न र निर्धारित समयभित्र अधिवेशन गराउन पराजुलीलाई कार्यादेश दिइएको छ ।








Facebook Comments