काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–५ मा कांग्रेसबाट प्रत्यक्षतर्फ नेताहरु प्रकाशशरण महत, प्रदीप पौडेलसहित ६ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

काठमाडौं जिल्ला क्षेत्र नं ५ को क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा त्यसअन्तर्गतका सम्पूर्ण वडा सभापतिसहित संसदीय कार्य सम्पादन समितिको मंसिर २३ र २४ को बैठकले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ७ जनाको नाम सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

ad

प्रत्यक्षतर्फ प्रकाशशरण महत, प्रदीप पौडेल, रजनी थापा, भैरव सापकोटा, जनकराज श्रेष्ठ र सरिन घिमिरे शर्माको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति श्यामबहादुर खड्काले जानकारी दिएका छन् ।

यस्तै, समानुपातिकतर्फ विनोद भट्टराई, रमा गुरागाईं, कृष्णकुमारी बस्नेत, अकला गुरुङ, कृष्ण थापा मगर, राजेन्द्रमान जोशी र निरविक्रम शाहको नाम सिफारिस भएको सभापति खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।