
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन थप तीन दिन लम्बिने निश्चित भएको छ । शनिबारदेखि सुरु महाधिवेशनको निर्वाचन तालिका आइतबार सार्वजनिक भएको छ।
यसअघि एमालेले मंसिर २९ गते महाधिवेशन सक्ने कार्यतालिका ल्याएको थियो । आइतबार प्रकाशित कार्यतालिकाअनुसार भने पुस २ गते मात्रै सकिने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आइतबार बेलुका मतदाता नामावली प्रकाशन हुनेछ ।
त्यस्तै, आइतबार (मंसिर २९ गते) मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानविन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फारम वितरण, उम्मेदवारको दरखास्त फारम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोध उजुरी दिने, उजुरीउपर छानविन र निर्णय, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ ।
त्यस्तै, पुस १ गते बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान समय तोकिएको छ । विद्युतीय मेसिनमा मतदानपछिको मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ ।









Facebook Comments