काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वशिक्षामन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मोरङको विराटनगर निवासी ९२ वर्षीय उपाध्यायको काठमाडौँको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री थिए। उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। उपाध्यायको अन्तिम दाहासंस्कार सोमबार पशुपती आर्यघाटमा हुने बताइएको छ। भारतबाट राजनीतिशास्त्रका स्नातक उपाध्याय दुई छोरा र एक छोरी छन्।

ad