
काठमाडौं । भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)को राष्ट्रिय अध्यक्षमा नीतिन नवीन चयन भएका छन् । भाजपा संसदीय बोर्डले आइतबार बिहार सरकारका मन्त्री नवीनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।
बिहारको बाँकीपुर विधानसभा सिटबाट विधायक निर्वाचित नवीन बिहार सरकारमा पथ निर्माणमन्त्री र भाजपा छत्तिसगढका प्रमुख हुन्।
उनी सन् २००६ मा पहिलोपटक पटना पश्चिम विधानसभा सिटबाट निर्वाचित भएर विधायक बनेका थिए। सन् २०१० देखि २०२५ सम्म उनी लगातार पाँचपटक बाँकीपुर सिटबाट निर्वाचित हुँदै आएका छन्।
अध्यक्ष नियुक्त भएपछि नवीनले पार्टीका वरिष्ठ नेताहरूलाई धन्यवाद दिएका छन्। भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले संसदीय बोर्डले बिहार सरकारका मन्त्री नवीनलाई पार्टीको राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।









Facebook Comments