काठमाडौं । नेकपा एमालेका दुई उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । पार्टीको ११औँ महाधिवेशन जारी रहँदा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले राजनीतिबाट सन्यास लिएका हुन् ।   

उनीहरूले आफूहरू ७० वर्ष नाघिसकेको कारण आउँदो महाधिवेशनमा समेत कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। उनीहरू दुवैले पार्टीभित्र ७० वर्षे उमेर हद लागू गर्नुपर्नेमा जोड पनि दिएका छन् ।

ad

उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि जिम्मेवारी हस्तान्तरण गर्दै बिदा हुन आग्रह गरेका छन्। तर ओली भने विधान संशोधन गरेर तेस्रोपटक अध्यक्ष बन्ने दाउमा छन्।

एमालेमै अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि यसपटक कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन्।

बडालले पछिल्लो समय आफूले पाएको जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको स्वीकार गर्दै आत्मसमीक्षासहित महाधिवेशनबाट कुनै पनि पदमा नबस्ने निर्णय सार्वजनिक गरेका हुन् । 

आइतबारै एमाले रूपन्देहीका सचिव तथा उपाध्यक्ष विष्णु पौडेलका पूर्वस्वकीय सचिव चित्रबहादुर कार्की एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।