काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । १०० वर्षको उमेरमा कार्टरको आइतबार जर्जियास्थित आफ्नै घरमा निधन भएको हो । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति थिए ।
सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति पनि बनेका थिए । उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडनले शोक व्यक्त गरेको बीबीसीमा उल्लेख छ । विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, ‘अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ ।’
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले लेखेका छन्, ‘जिम्मीले राष्ट्रपतिको रूपमा सामना गरेका चुनौतीहरू हाम्रो देशका लागि परिभाषित थिए र अमेरिकी जनताको जीवन सुधार गर्न उनले काम गरे ।’
प्रतिक्रिया