काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक आज शुक्रबार बसेको छ । नेताहरुको कार्यविभाजनमा कुरा नमिलेपछि स्थगित भएको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि बसेको हो ।
आजको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन टुङ्गोमा पु¥याउने नेताहरुले बताएका छन् । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्यविभिाजनका प्रस्तावमा छलफल गरेर निर्णय गर्ने छ ।
गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन। उक्त पार्टीमा २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने तयारी समेत भईरहेको छ । तर केही नेताहरुले यसो गर्दा विधान विपरीत हुने भन्दै असन्तुष्टि समेत जनाईरहेका छन् ।
प्रतिक्रिया