देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार सेवा सुरु

देशान्तर

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार सेवा सुरु गरेको छ। ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार एक कार्यक्रमकाबीच निःशुल्क सेवाको सरुवात हुन् । मन्त्री पौडेलले आफूले सरकार समक्ष निःशुल्क उपचारको प्रस्ताव मात्र राखेको र त्यस प्रस्तावलाई कार्यान्वयनमा ल्याउन अस्पतालका हरेक कर्मचारीहरू अग्रसर भएर मेहनत गरेको बताए । हाल भक्तपुर क्यान्सर अस्पतालमा १५० जना बालबालिकाको निःशुल्क उपचार भइरहेको पौडेलले जानकारी दिए । मन्त्री पौडेलले उपचार गर्न आउने बालबालिकाको संख्या बढेमा आवश्यकता अनुसारको स्रोतसाधन जुटाउने प्रतिबद्धता पनि जनाएका छन् । त्यस अवसरमा आगामी माघ २२ गते करिब १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) भ्याक्सिन लगाउने योजना रहेको मन्त्री पौडेलले जानकारी दिएका छन् ।
त्यसैगरी उनले उनले कान्ति बाल अस्पताल (काठमाडौँ), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा मङ्सिर १ गतेदेखि निःशुल्क रुपमा सुरु भएको जानकारी दिए ।
कर्मचारीदेखि जनप्रतिनिधिसम्म, सरकारीदेखि निजी निकायसम्मका सबै कर्मचारीले आफ्नो मासिक तलबको दुई प्रतिशत रकम बिमा कोषमा जानेगरी व्यवस्था गर्नसके आमनागरिकलाई बिमामार्फत निःशुल्क उपचार गर्न सकिने उनको भनाई छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै उनले नेपालमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताए ।
उनले भक्तपुर नगरपालिकाको ख्वप अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग रु२२ करोड सोधभर्ना लिन बाँकी रहेको बताउँदै सरकारी अस्पताललाई स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति व्यवस्थापन गरी सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिए।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले अस्पतालले क्यान्सरका बालबालिकाका लागि सम्पूर्ण उपचार निःशुल्क गर्ने बताउदै अहिले एक सय ५० जना बालबालिका क्यान्सरको उपचार गराइरहेको बताए।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, अस्पतालका प्रशासन प्रमुख राजाराम तजले, अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेलगायतले बालबालिकामा क्यान्सरको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै बालबालिकाको निःशुल्क उपचारमा कुनै कसर बाँकी नराख्ने बताए ।