नेपाल प्रहरीले यस वर्षको दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। सार्वजनिक यातायातका साधनहरू दशैंको समयमा न्यून रूपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सहुलियत प्रदान गर्नका लागि यो सेवा उपलब्ध गराउन लागिएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहारी नावय महानिरीक्षक दानबहादुर कार्कीले यसबारे जानकारी दिएका छन्।
प्रवक्ता कार्कीका अनुसार, एक बस रिङरोड भित्रका सर्वसाधारणलाई सेवा दिनका लागि सञ्चालन गरिने छ भने अर्को बस रिङरोड बाहिरका सर्वसाधारणलाई चढाउनका लागि प्रयोग हुने छ।
निःशुल्क बसहरूको रुट
काठमाडौं उपत्यकामा सञ्चालन हुने निःशुल्क बस सेवाको रुट निर्धारण गरिएको छ। १ नम्बर रुटमा बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर विभिन्न स्थानहरूमा यात्रा गर्नेछ। यस रुटमा पर्ने स्थानहरूमा वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रहेका छन्। बस पुनः सोही रुटबाट नक्साल फर्कनेछ।
अर्को रुटको विवरण
यसैगरी, २ नम्बरको रुटमा नक्सालबाट छुट्ने बसले रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः प्रहरी प्रधान कार्यालय नक्सालमा पुग्नेछ। यो निःशुल्क बस सेवा दशैंको समयमा सर्वसाधारणलाई आवागमनमा सहजता प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। नेपाल प्रहरीको यस पहलले दशैंको पर्वमा सर्वसाधारणलाई सजिलो र सुलभ यात्रा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया