देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल सांस्कृतिक कलाकर्मी सङ्घले गर्‍यो सम्मान तथा शुभकामना साँझ

देशान्तर

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेस सँग आबद्ध नेपाल सांस्कृतिक कलाकर्मी सङ्घले संविधान दिवसको अवसर पारेर बिहीबार सम्मान तथा शुभकामना साँझ सम्पन्न गरेको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा एक दर्जन भन्दा बढी कलाकर्मी र सङ्गीतकर्मीलाई सम्मान गरिएको थियो ।

श्रमजीवी कलाकर्मी कल्याणकारी कोषको स्थापनार्थ आयोजित कार्यक्रममा स्रष्टा सर्जकहरू र कलाकारहरू  कृष्ण सुधा ढुङ्गाना, शर्मिला गुरुङ विमलराज क्षेत्री, राधिका हमाल, रामजी खाँण, लोकराज अधिकारी, शुष्मा कार्की , रोशनी के.सी चन्द्र शर्मा ,सुरत रावत राम कुमार नेपाली ,देशु सुहाङ शोभा जिसी  र संस्थापक महासचिव सुरेन्द्र तिमिल्सिना लगायतलाई नेपाली कला साहित्य र गीत सङ्गीतको अभिवृद्धिमा योगदान पुराए बापत विशेष सम्मान गरिएको थियो ।  त्यसै गरी सामाजिक सेवा तर्फ प्रवीण गुरुङ, नरेश थापा, र दीपक थापा सम्मानित हुँदा कुल बहादुर वली , शिवराज नेपाली  , मदन थापा ,   अमृत भारती , सोम लामा ज्याक श्रेष्ठ , विवेक खड्का , सुवास लिम्बु सन्ध्या सानु , सुनिल थापा अर्जुन थापा , शेखर लामा ,  लेलिया विश्वकर्मा ,मनोज खड्का ,तृप्ति खड्का सृजना बराइली , निर्मल पुलामी मगर , सविता रेग्मी , अञ्जलि राना मनिका परियार , कुसुम परियार , अर्जुन खत्री  , दिनेश अन्जानलगायतका कलाकर्मी र संगीतकर्मीहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले स्रष्टाहरूलाई सम्मान गर्दै कला साहित्य र गीत सङ्गीत मार्फत देशलाई चिनाउने कलाकर्मी र सर्जकका बारेमा आफूले सदनमा कुरा उठाउने र सरकारलाई कलाकर्मीको संरक्षणका लागि कार्य योजना बनाउन दबाब दिने प्रतिबद्धता जनाए । त्यस अवसरमा उनले आफूले पाउने एक महिनाको तलब भत्ता कल्याणकारी कोषमा सहयोग गर्ने घोषणा पनि गरे । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको साहित्य कला तथा संस्कृति विभाग प्रमुख समेत रहेकी केन्द्रीय सदस्य विद्यादेवी तिमल्सिनाले कलाकर्मी र सङ्गीतकर्मीको योगदानलाई राज्यले अझै बुझ्न नखोजेको भन्दै आफूले विभाग मार्फत पार्टीलाई  र सरकारलाई कलाकर्मीको योगदानको कदर हुने वातावरण बनाउन पहल गर्ने बताइन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले नेपालको हरेक राजनीतिक परिवर्तनमा स्रष्टा सर्जक कलाकारको ठुलो योगदान र भूमिका रहेको भन्दै पार्टीहरूले सरकारले कलाकर्मीको उचित संरक्षण गर्नु पर्नेमा जोड दिए । उनले कलाकर्मीहरूको अवस्थामा परिवर्तन ल्याउन सके  विदेश पलायन  हुनबाट रोक्न सकिने पनि बताए । 

 अर्का युवा नेता भूपेन्द्र जङ्ग शाहीले कलाकारको बलमा नेता  सांसद र मन्त्री बन्ने तर कलाकारको योगदान भुल्ने नेताहरूलाई खबरदारी गर्दै नेताहरूलाई अब के कलाकार नचाहिने हो  ? भनेर प्रश्न गरे । उनले कलाकार र स्रष्टा सर्जकको योगदान नभुल्न र कलाकारको हकहितका लागि काम गर्न नेताहरूलाई सुझाव दिए ।  नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुवरले श्रमजीवी कलाकर्मीको हक हितका लागि कलाकारहरूको सङ्घ संस्थाहरूको डुप्लिीकेशन बारे सोच्नु पर्ने  बताए । उनिले डुप्लिीकेशनहुँदा अधिकार प्राप्तिको आन्दोलन फितलो हुन सक्ने बताए । 

काँग्रेस युवा नेता किरण किशोर घिमिरे, मनोजमणि आचार्य लगायत नेताहरू र सयौँ दर्शक उपस्थित कार्यक्रममा रामजी खाँण, कृष्ण रेउले, राधिका हमाल, विमल राज छेत्री, सुनिल थापा, जालुमाया गुरुङ, सीमा थापा, आशा के सी, मदन परियार, बुद्धि परियार, प्रेम प्रकाश वलीलगायतका गायक गायिकाले गीत प्रस्तुत गरेका थिए भने सत्यवती कला केन्द्र र सांस्कृतिक कलाकर्मी सङ्घका तर्फबाट नृत्य प्रस्तुत गरिएको थियो । 

वरिष्ठ उपाध्यक्ष रुक्मिणी गिरीको  स्वागत मन्तव्य सँगै सुरु गरी सङ्घको लोगो गीत सार्वजनिक गरिएको कार्यक्रममा संस्थाको बारेमा अध्यक्ष उदिराम खडकाले प्रकाश पारेका थिए । आफ्नो कार्यकालमा कलाकर्मीका लागि केही गर्ने उद्देश्यका साथ कल्याणकारी कोषको स्थापना गरिएको उनले बताए । पार्टी र नेताहरूले कलाकारलाई प्रयोग मात्र गर्ने गरेको भनेर खडकाले  गुनासो गरे । कार्यक्रममा काँग्रेस महासमिति सदस्य नरेश थापा,वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष दीपक थापा समाजसेवी प्रवीण गुरुङ बझाङ बुङगल नगर सभापति नरेश बहादुर थापाले श्रमजीवी कलाकर्मी कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका थिए ।