देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

देशान्तर


काठमाडौं । शुक्रवार प्रदर्शनमा आएको निर्देशक मीन भाम निर्देशित चलचित्र ‘शाम्बाला’ ले आगामी ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।नेपालबाट ओस्कारका लागि शाम्बालाले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो ।
आवेदन दिने अन्तिम मिति बिहीबारसम्म शाम्बालाबाहेक अन्य कुनैपनि चलचित्रले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । ओस्कार अवार्डको ९७औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदैछ । यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवसमेत प्रदर्शन भएर प्रशंसा बटुलेको ‘शाम्बाला’को गत आइतवार काठमाडौंमा बलिवुडका चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा प्रिमियर गरिएको थियो ।
निर्देशक भाम र अभिनासविक्रम शाहको कथा लेखन रहेको यो चलचित्रले बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रालाई पर्दामार्फत प्रस्तुत गरेको छ । चलचित्रमा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय रहेको छ ।