देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच कर्जा प्रवाह सम्झौता

देशान्तर

काठमाडौं । ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा कम्पनीका साना, मझौला तथा खुद्रा कर्जा प्रवर्द्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा आध्यान्त फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरेका छन् ।

आध्यान्त फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीहरूको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्वि गर्न प्राविधिक सहायता तथा परामर्श लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आध्यान्तसँगको सहकार्यले उद्यमीहरुूलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने विश्वास लिएको कम्पनीले बताएको छ ।

आध्यान्त फण्ड म्यानेजमेन्टको साना तथा मझौला क्षेत्रमा रहेको अनुभवलाई उपयोग गरी यस क्षेत्रका उद्यमीहरुको व्यापार, व्यवसाय विस्तार र उद्यमशीलताको पहुँच विस्तार गर्दै कम्पनीले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।