देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली सरकारले पायो पूर्णता

देशान्तर


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा बनेको एमाले अधयक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ र मन्त्रिपरिषद्मा ३ राज्यमन्त्री थपिएसँगै ओली नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय पुगेको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा पछिल्लो पटक नेपाली कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई राज्यमन्त्री बनाएका छन् ।

नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन एवं कांग्रेसका रूपा विक र पूर्णबहादुर तामाङ क्रमशः वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका छन् ।

यसअघि प्रधानमन्त्री ओली र २१ जना मन्त्री थिए । ३ राज्यमन्त्री थपिएसँगै संविधानले तोकेको अधिकतम सीमा २५ पुगेको छ । अब अन्य दललाई पनि सरकारमा सहभागी गराउनु परेमा हालका मन्त्रीहरूलाई हटाउनु पर्नेछ । सरकारमा कांग्रेसका १० मन्त्री छन् भने एमालेका प्रधानमन्त्री र ८ मन्त्री छन् ।

त्यस्तै समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादीका १ मन्त्री छन् भने सरकारमा सहभागी हुने पार्टीको संख्या ५ पुगेको छ ।