काठमाडौँ । नेपाल वायुसेवा निगम सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रूपमा सम्मानित भएको छ ।
नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनले सोमबार काठमाडौँमा आयोजना गरेको ३०औँ कार्गो दिवसको अवसरमा यो सम्मान गरिएको हो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कार्गो बोक्दै आइरहेको र यस्ता सम्मानबाट कार्गो व्यापारलाई बढाउन अझै हौसला मिलेको बताएका छन् । ।
प्रतिक्रिया